लोक दोहोरीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दी च्याम्पीयन

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 2 mins

म्याग्दी । बेनीमा संचालित म्याग्दी महोत्सवको आयोजित खुला लोक दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दी च्याम्पीयन बनेको छ ।

शनिवार भएको फाइनलमा म्याग्दी सामुदायिक पुस्तकालयका कलाकार टिमलाई पछि पार्दै प्रतिष्ठान म्याग्दीको तर्फबाट सहभागी कलाकारहरु प्रथम हुन सफल भएका हुन् ।

म्याग्दी सामुदायिक पुस्तकालय उपबिजेता हुँदा श्रीकृष्ण हार्डवयरको तर्फबाट सहभागी कलाकारहरु तेस्रो र बानियाँ गहना पसलको तर्फबाट सहभागी कलाकारहरु सान्त्वना हुन सफल भएका छन् ।

लोकदोहोरी प्रतियोगितामा प्रथम र द्वितीय, तृतिय र सान्त्वना हुनेलाई क्रमश नगद रु एक लाख ११ हजार १११ , रु ५५ हजार ५५५, रु ३० हजार र रु १५ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

पुरस्कृत कलाकारहरुलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, बरिष्ठ उपाध्यक्ष एवम् साँस्कृतिक संयोजक सुविन श्रेष्ठ लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?