विमानस्थलबाट भारतीय रुपैयाँसहित इटालियन नागरिक पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक इटालियन नागरिक भारतीय रुपैयाँसहित पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँसहित ईटालियन नागरिक रोबर्ट मिगानीलाई सोमबार पक्राउ गरेको प्रहरीले मंगलबार जानकारी दिएको छ ।

ईन्डिगो एयरको उडान नम्बर ६ ई ३२ द्वारा काठमाडौंबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको २ लाख १४ हजार भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?