हृवाइटहाउस यू-१९ बास्केटबलको उपाधि ग्राण्डीलाई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । हृवाइटहाउस अण्डर-१९ बास्केटबल प्रतियोगितामा पुरुषतर्फ ग्राण्डी स्पोर्ट्स सेन्टर र महिलातर्फ जेभिएर कलेज विजयी भएका छन् । महिलातर्फको फाइनल खेलमा जेभिएर कलेजले बलर्स एकेडेमीलाई २८ः२१ अन्तरले स्तब्ध पारेको हो । पुरुषतर्फ भने ग्राण्डीले टाइम्स कलेजलाई ६१ः५६ अन्तरले पराजित गरेको हो । विजेता टोलीले नगद २० हजार र मेडल तथा प्रमाणपत्र र उपविजेता टोलीले नगद दश हजार प्राप्त गरेको कलेजका खेलकुद विभाग प्रमुख गगन आचार्यले बताउनुभयो ।

तिनकुनेस्थित हिमालयन हृवाइटहाउस इन्टरनेसनल कलेजको आयोजना माघ २ गतेदेखि ९ गतेसम्म जारी प्रतियोगितामा विभिन्न कलेज र प्रतिष्ठानका ११ टोली सहभागी थिए । प्रतियोगिताको अन्तिम खेल कलेज प्रांगणमा सम्पन्न भएको थियो । कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले विजयी टोलीलाई सम्मान गर्नुभएको थियो ।

‘चिसो मौसममा विद्यार्थीहरूलाई खेलकुदबाट स्वास्थ्य सचेतना र नेतृत्व विकासका लागि अन्तरकलेजस्तरीय प्रतियोगिता आयोजना गरेका हौँ । एक दर्जन टोलीको सक्रिय सहभागिताले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ,’ कलेजका कार्यकारी निर्देशक नारायण काफ्लेले भन्नुभयो । बास्केटबलबाहेक पनि स्पोर्ट्स विकमा कलेजभित्रका प्रतिस्पर्धामा क्रिकेट, भलिबल, फुटसल, टेबल टेनिसलगायतका खेलहरू सम्पन्न भएका छन् ।

यस प्रतियोगितामा ट्रिनिटी, जेभियर, निस्ट कलेज, टाइम्स कलेज, ज्ञान निकेतन कलेज, ग्राण्डी स्पोर्ट्स सेन्टर, हृवाइटहाउस कलेज, एलआरआई, ओमेगा कलेज, रोयल स्पोटर््स एकेडेमी र बलर्स एकेडेमीलगायतका टोली सहभागी भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?