काठमाडौं । ओमानको मस्कटमा जारी २०औँ विश्व भेट्रान्स टेबल टेनिस च्याम्पियनसिप २०२३ मा विजयी खेलाडीद्वय राजेन्द्र दुलाल र रक्त मानन्धरलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले स्वागत गर्दै बधाई दिनुभयो । सदस्य-सचिव घिसिङले खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि यस्तै उपलब्धि हासिल गर्न शुभकामना प्रदान गर्नुभयो ।
दुलाल र मानन्धरको जोडीले पुरुष डबल्स ४५ वर्षमाथिको समूहमा भारतीय खेलाडी रजनिश खतवकर र अमृत अनिल मोदीको जोडीलाई फाइनलमा पराजित गर्दै स्वर्ण पदक हासिल गर्नुभएको हो । यो टेबल टेनिसमा ऐतिहासिक सफलता रहेको दुलालले जानकारी गराउनुभयो ।
च्याम्पियनसिपमा दुलाल र मानन्धरका अलावा सञ्जय अर्याल, प्रकाशबहादुर धाख्वा, निम जोशी र प्रशिक्षकमा अनिता महर्जनको समेत सहभागिता रहेको थियो ।
नेपाली खेलाडीहरूको हौसला अभिवृद्धि गर्नका लागि ओमानस्थित नेपाली राजदूत डोरनाथ अर्याल र त्यहाँस्थित नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच