माओवादीको स्थायी कमिटी बैठक बस्दै, पार्टी एकता मुख्य एजेण्डा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने महासचिव देव गुरुङले जानकारी दिनुभयो ।

पार्टी संगठन विकास र विस्तार, दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धि बैठकका एजेण्डा रहेको उहाँले बताउनुभयो। माओवादीले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकता गर्ने सहमति गरेको छ ।

यस्तै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकताको चर्चा छ । स्थायी कमिटीमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति चुनावबारे पनि छलफल हुने बताइएको छ । आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति तोक्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?