इनड्राइभरको राइडहेलिङ एप

Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा इनड्राइभरले काठमाडौंमा आफ्नो सेवा सुरु गरेको छ । इनड्राइभरले चालक र यात्रुलाई जोड्दै प्रत्येक यात्राको सबै शर्तमाथि स्वतन्त्ररूपमा सहमति जनाउन सक्ने सुविधा प्रदान गर्छ । इनड्राइभरको रियल टाइम डिल्स (आरटिडी) मोडलमार्फत् यात्रुलाई आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकबाट सोझै काउन्टर अफर प्राप्त गर्न सकिनेछ, जसको बदलामा चालकले आफ्ना लागि कुन राइड रिक्वेस्ट उत्कृष्ट हुन्छ भन्ने निर्णय गर्न सक्छन् भने भाडासमेत सुझाउन सक्ने कम्पनीले जनाएको छ ।

अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड हेलिङ एपभन्दा अलग इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्ररूपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा प्रदान गर्छ । यदि यात्रुले एकभन्दा बढी अफर प्राप्त गरेमा उनीहरूले चालकको इटिए, रेटिङ, मूल्य तथा सवारी मोडलका आधारमा आफ्नो राइड छनोट गर्न सक्ने बताइएको छ । चालकले कुनै पनि अर्डर मूल्य तथा दूरी, यात्रुको रेटिङ, पिकअप लोकेसन तथा उक्त यात्रुले यसअघि गरेका इनड्राइभर ट्रिपको संख्याका आधारमा छनोट गर्न सक्नेछन् ।

इनड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले कम्पनीले आफ्नो सेवा काठमाडौं उपत्यकामा सञ्चालन गरिरहेका र छिट्टै नेपालका मुख्य शहरमा उपलब्ध गराइने जानकारी गराउनुभयो । कम्तीमा सेवा सञ्चालनको सुरुवाती छ महिनामा कम्पनीले चालकसँग कुनै कमिसन नलिने जनाएको छ । इनड्राइभरले हालसम्म नेपालमा चार हजारभन्दा बढी चालकलाई साइन अप गरिसकेको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?