काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ ।
यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।
नयाँ सत्ता समीकरण बनेपछि समाजवादी मोर्चामा एमालेलाई पनि सामेल गराउने चर्चा चलेको छ । यसअघि माओवादी केन्द्र, नेकपा एस, जसपा र नेकपा सम्मिलित समाजवादी मोर्चा बनेको थियो ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले एमालेलाई पनि समेट्नेबारे छलफल गरेको हो । यसअघि बिहीबार विप्लव र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको थियो ।
त्यस विषयमा पनि छलफल हुनसक्ने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच