नेसन्स लिग : सेमिफाइनलमा क्रोएसिया–नेदरल्याण्ड तथा इटाली र स्पेन आमनेसामने

Read Time = 1 min

एजेन्सी/युइएफए नेसन्स लिगको सेमिफाइनल ड्र सार्वजनिक भएको छ । युरोपियन फुटबल महासंघ युएफाको मुख्यालय स्वीटजरल्याण्डमा भएको ‘ड्र’ मा कतार विश्वकपमा तेस्रो भएको क्रोएसियाले नेदरल्याण्डसँग भिड्नेछ ।

गत नोभेम्बर-डिसेम्बरमा भएको विश्वकपमा क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएको थियो । तेस्रो स्थानको प्ले अफमा लुका मोड्रिचको टिमले मोरोक्कोलाई पराजित गरेको थियो ।

अर्को सेमिफाइनलमा स्पेन र इटाली आमनेसामने हुनेछन् । स्पेनले सन् २०२१ मा इटालीलाई दुई-एक गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

उपाधि भिडन्तमा स्पेन फ्रान्ससँग पराजित भयो । सेमिफाइनलका खेल जुन १४ र १५ मा हुनेछन् । क्रोएसियाले पहिलोपटक नेसन्स लिगको सेमिफाइनल खेल्दैछ । नेदरल्याण्ड्स सन् २०१९ को उपविजेता हो । पहिलो संस्करणमा नेदरल्याण्ड्सलाई हराएर पोर्चुगल च्याम्पियन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?