लमजुङ फुटबल प्रतियोगिता हुने

हिमालय टाइम्स
Read Time = 1 min

लमजुङ । लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिकामा एसवाइसी कप महिला तथा पुरुष फुटबल प्रतियोगिता आयोजना हुनेभएको छ । शिलादेवी युवा क्लबको आयोजनामा हुने प्रतियोगिता फागुन ७ गतेबाट सुरु हुनेछ ।

प्रतियोगितामा पुरुष र महिला दुवै टिमको प्रतिस्पर्धा हुनेछ । पुरुषको विजेताले एक लाख र उपविजेताले ६० हजार नगद पाउने छन् । सेमिफाइनल पुग्ने टोलीले पाँच÷पाँच हजार पाउने छन् । महिलाको विजेताले २० हजार र उपविजेताले १२ हजार पाउने आयोजकले जनाएको छ । महिला र पुरुषतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टोलीलाई समेत पुरस्कृत गरिने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?