काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
भेटका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा पनि छलफल भएको थियो । नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार लामिछानेको मन्त्री र सांसद पद बदर गरिदिएको थियो । लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिइसक्नुभएको छ । फैसलाबाट पदमुक्त हुनुभएका लामिछानेले सोही दिन राजीनामा बुझाउनुएको थियो ।
दाहाल नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्नुभएको थियो ।
लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेबाट प्रधानमन्त्रीमाथि दबाब सृजना भएको समाचार सार्वजनिक भइरहेका बेला ओली बालुवाटार पुग्नुभएको थियो ।
माओवादीले गृहमन्त्रालय पुन: रास्वपालाई दिन आनाकानी गरिरहेकोको बेला दुई शीर्षनेताबीच छलफल भएको हो ।
यता रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुनस् आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए ।
गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच