सर्लाही । पर्यटन प्रवर्द्धन तथा संस्कृति संवर्द्धनको नारासहित सर्लाहीको बागमतीमा आयोजित सातौं राजर्षि जनक कप फुटबल प्रतियोगिता माघको अन्तिम साता हुने भएको छ । मधेश प्रदेशकै ठूलो धनराशीको राजर्षि जनक कप फुटबल प्रतियोगिता बागमती नगरपालिका–११ कर्मैयास्थित स्वर्गीय संतोष स्मृति खेल मैदानमा यही माघ २५ गते प्रतियोगिता शुरु हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको छ ।
प्रतियोगितामा आयोजक बागमती युवा क्लबसमेत गरी १२ वटा क्लबले सहभागिता जनाउने भएका छन् । जसमा एक विदेशी क्लबसमेत रहेका क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा आयोजक बागमती युवा क्लबको एउटा टिमसँगै युनाइटेड किंगडम फुटबल क्लब दार्जिलिङ, संकटा क्लब काठमाडौं, नेपाल पुलिस क्लब काठमाडौं, एपिएफ काठमाडौं, जावलाखेल युवा क्लब काठमाडौं, चर्च ब्वाइज युनाइटेड ललितपुर, सुदूरपश्चिम-११ धनगढी, मच्छिन्द्र फुटबल क्लब काठमाडौं, धरान युवा क्लब धरान, जन जागृति युवा क्लब सिमरा र पिप्ले युथ क्लब हेटौंडाले सहभागिता जनाउँदै छन् ।
९८ लाख रूपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको प्रतियोगिताअन्तर्गत खेलको विजेताले नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख हात पार्नेछन् । हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रूपैयाँ प्रदान गरिने आयोजकले जनाएका छन् । प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने सर्लाही बागमती निवासी एक खेलाडीलाई बागमती राइजिङ अफ दि इयर प्लेयर्स घोषणासहित एउटा मोटरसाइकल प्रदान गरिने छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच