आफ्नै साथीले बोकेको बन्दुक पड्कदा नुवाकोटमा एक जनाको मृत्यु

सांकेतिक तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

नुवाकोट । आफ्नै साथीले बोकेको बन्दुक पड्कदा एकजनाको मृत्यु भएको छ ।

नुवाकोटको किम्ताङ जंगलमा आफनै साथीले बोकेको भरुवा बन्दुक पडकेर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो ।

प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काका अनुसार म्यागङ गाउंपालिका ४ किम्ताङस्थित होङभङको जंगलमा भरुवा बन्दुकको छर्रा लागेका घलेको मृत्यु भएको हो ।

उहाँका अनुसार अनुसार किम्ताङको जंगलमा शिकार खेल्न जंगल गएको बेला अमित तामाङले बोकेको बन्दुकको छर्रा लागेर पञ्च घलेको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

यद्यपी, घटना शंकास्पद भएको भन्दै अमितलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?