काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा सर्वसाधारणले सहकारीमा बचत गरेको रकम सुरक्षाका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्नुभएको थियो ।
सोमबार राष्ट्रिय सभागृहमा भएको भेटमा मेयर बालेनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महानगर क्षेत्रका सहकारीहरूमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि सहयोग गरिदिन आग्रह गरेको महानगरले जनाएको छ ।
मेयर बालेनले सर्वसाधारणको बचत सुरक्षा गर्न काठमाडौं महानगपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको बताउनु भयो ।
सहकारीहरूमा बचतको सिलिङ सम्बन्धी कानुनी प्रबन्ध गर्न सक्ने गभर्नर अधिकारीको भनाइ थियो । महानगरलाई आवश्यक पर्ने सहयोग राष्ट्र बैंकले उपलब्ध गराउने उहाँले बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच