अमेरिकामा आगामी मे ११ बाट कोभिड आपतकाल अन्त्य हुने

हिमालय टाइम्स
Read Time = 1 min

वासिङटन । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने भएको छ ।

पछिल्लो समय विश्वका अधिकांश मानिसहरू सामान्य अवस्थामा फर्किएको भन्दै ह्वाइटहाउसले राष्ट्रिय आपतकाल र सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा अन्त्य गर्न लागेको हो ।

अमेरिकी राष्ट्रपति जो वाइडेनले सोमबार कंग्रेसलाई दिएको जानकारी अनुसार आगामी मे ११ बाट कोभिड-१९ रोकथामका लागि लगाइएका दुई वटा आपतकाल अन्त्य गर्न लागेका हुन् । करिब तीन वर्षदेखि देशमा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो ।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले जनवरी ३१, २०२० मा पहिलो पटक सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?