म्यानचेस्टर सिटी र टोटनहमको बराबरी

हिमालय टाइम्स
Read Time = 2 mins

एजेन्सी । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परसँग २-२ गोलको बराबरीमा रोकिएको छ । युनाइटेडका जेडान साञ्चो र मार्कस रासफर्डले र टोटेनहमका पेड्रो पोरो र हृयुङ मिन सनले बराबरी गोल फर्काउनुभयो ।

टोटेनहम हटस्पर स्टेडियममा भएको खेलको सातौं मिनेटमा साञ्चोको गोलबाट युनाइटेडले १-०को अग्रता लिएको थियो । यस्तै ४४औं मिनेटमा रासफर्डले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २-० को अग्रता दिलाउनुभयो ।

५६औं मिनेटमा पेड्रो पोरोले गोल गर्दै घरेलु टोली टोटेनहमलाई खेलमा फर्कने संकेत दिनुभयो । ७९औं मिनेटमा कप्तान हृयारी केनको पासमा सनले बराबरी गोल फर्काउनुभयो । यस बराबरीसँगै युनाइटेड ३१ खेलबाट ६० अंक जोडेर चौथो स्थानमा यथावत छ । टोटेनहम ३३ खेलबाट ५४ अंक जोडेर पाँचौं स्थानमा छ ।

प्रिमियर लिगकै अर्काे खेलमा न्यूक्यासल युनाइटेडले एभर्टनलाई ४-१ ले पराजित गरेको छ । न्यूक्यासलको जितमा कलुम बिलसनले दुई तथा जोइलिन्टन र ज्याकव मर्फीले समान एक गोल गर्नुभयो । घरेलु टोली एभर्टनका ड्वाइट म्याक्नेलले एक गोल फर्काउनुभयो ।

यस जितसँगै न्यूक्यासल ३२ खेलबाट ६२ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित एभर्टन ३३ खेलबाट २८ अंक जोडेर १९औं स्थानमा छ । अर्काे खेलमा बर्नमाउथले साउथहृयाम्टनलाई १-०ले पराजित गर्दा मार्कस टाभेनिएरले निर्णायक गोल गर्नु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?