न्युजिल्यान्डविरुद्धको टी-२० शृङ्खला भारतलाई

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । न्युजिल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला भारतले जितेको छ ।

तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतले न्युजिल्यान्डलाई १ सय ६८ रनको फराकिलो अन्तरले हरायो ।

भारतको टी–२० खेलमा यो सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि आयरल्यान्डलाई १ सय ४३ रनले हराएको थियो ।

न्युजिल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ । जितका लागि २ सय ३५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १२ ओभर १ बलमा ६६ रनमा अलआउट भयो ।

पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो भने दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?