म्यान्मारमा थप ६ महिना संकटकाल

Read Time = 2 mins

यांगुुन । म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको संकटकालीन अवस्थालाई थप ६ महिनाका लागि बढाइएको जानकारी गराएको छ । देशको संकटकालीन अवस्थालाई थप ६ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सहमति जनाएको हो ।

सन् २०२१ को फेब्रुवरीमा आङ सान सुकीको सरकार अपदस्थ भएपछि घोषणा गरिएको आपत्कालीन अवस्था लम्ब्याउन सैन्य सरकार (जुन्ता) प्रमुख मिन आङ हृलाइङले गरेको आग्रह लाई स्वीकार गरिएको सरकारी प्रसारक एमआरटिभीले जनाएको छ ।

म्यान्मामा दुई वर्ष पहिले भएको सैन्य ‘कू’ पछि जुन्ता सरकारविरूद्ध देशभर भएका प्रदर्शनमा करिब दुई हजार सात सय व्यक्तिको मृत्यु भएको छ भने सयौं नागरिकलाई राष्ट्रविरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरी थुनामा राखिएको छ । सन् २०२० मा भएको आमनिर्वाचनमा सेनाले समर्थन गरेको युनियन सोलिडारिटी यान्ड डिभलोपमेन्ट पार्टीले लज्जास्पद पराजय व्यहोरेको थियो । चुनावमा आङ साङ सुकी को नेसनल लिग फर डेमोक्रेसी तथा गठबन्धन दलहरूले प्रचण्ड बहुमत ल्याएका थिए ।

सन् २०२१ को फेब्रुवरी १ को बिहान सेनाप्रमुख मिन आङ लाइङले संसद् भवनमा कसैलाई पनि जान नदिइ सुकी तथा उहाँको दलका वरिष्ठ नेताहरूलाई पक्राउ गराउनुभयो । उहाँले संकटकाल घोषणा गर्नुभयो अनि आफूलाई राज्य प्रशासन परिषद्को प्रमुखका रूपमा नियुक्त गर्नुभएको थियो । यो ‘कू’को दुई वर्ष बित्दा सुकी र उहाँको दलका शीर्ष नेताहरू हिरासतमा हुनुहन्छ । सुकीलाई भ्रष्टाचारको अभियोगमा ३३ वर्षको कैद सजाय हालै सुनाइएको छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?