‘उल्टो सुल्टो’को दुई सय भाग पुगेकोमा खुशीयाली

Read Time = 3 mins

काठमाडौं । हास्य टेलिशृंखला ‘उल्टो सुल्टो’ले प्रसारणको दुई सय भाग पूरा गरेको खुशीयाली मनाएको छ । लोकप्रिय हास्य कलाकार रवि डंगोल (बेमान) को निर्देशनमा हरेक शनिबार बेलुकी रमाइलो टेलिभिजन र मिडिया हबको अफिसियल युट्युब च्यानलमार्फत प्रसारण हुँदै आएको उल्टो सुल्टोले राजधानीमा आयोजित एक कार्यक्रमबीच उल्टो सुल्टोल प्रसारणको दुई सय भाग पुगेको खुशीयाली मनाएको हो ।

समारोहमा टेलिफिल्मलाई दुई सय भागसम्म पुर्‍याउन सहयोग पुर्‍याउने दर्शक, कलाकार तथा शुभ चिन्तकलाई निर्देशक तथा सो सिरियलका प्रमुख कलाकारमध्येका एक रवि डंगोलले आभार प्रकट गर्नुभएको थियो । ‘हाम्रो कोशिसलाई निरन्तर साथ तथा हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु । दर्शकको साथ सहयोग रहे टेलिफिल्मले अझै धेरै सफलता प्राप्त गर्नेछ । त्यस कारण दर्शकबाट अझ धेरै साथ सहयोगको अपेक्षा राखेको छु’, उहाँले भन्नुभयो ।

सिरियलकी प्रमुख कलाकारमध्येकी एक पल्पसा डंगोलले उल्टो सुल्टो हजारौं भागसम्म पुगेको हेर्न चाहेको सुनाउनुभयो । कलाकार तथा उल्टो सुल्टोका कार्यकारी निर्माता बालदीप राईले विभिन्न आरोहअवरोह पार गर्दै टेलिफिल्म दुई सय भागसम पुगेको बताउनुभयो । ‘कोरोना महामारीको चपेटामा पर्दासमेत हामीले निरन्तर टेलिफिल्म छायांकन र प्रसारण गर्दै आएकाले यो सफलता मिलेको हो’, उहाँले भन्नुभयो ।

कार्यक्रममा निर्देशक श्याम राई, श्रीप्रसाद थापालगायतले उल्टो सुल्टोको निर्माण टिमलाई सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो । यस टेली चलचित्रमा रवि डंगोल, बालदीप राई, सुभाष गजुरेल, श्याम राई, निशा पाख्रिन, सुशीला निरौला, सुनीता श्रेष्ठ, रक्षा गुरागाईं, मनोज तामाङ, मुकेश हमाल, मीना लामालगायत कलाकारको अभिनय रहँदै आएको छ भने दिलिप विष्टको छायाँकन छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?