बागलुङको नरेठाँटी बजारमा बाढी : ३५ घर उच्च जोखिममा, लोकमार्ग अवरुद्ध

हिमालय टाइम्स
Read Time = 3 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङको गलकोटमा बाढी आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको छ । गलकोट नगरपालिका-२ नकटेखोलामा बाढी आउँदा नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा परेको वडा अध्यक्ष हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

बिहीबार साँझदेखि रातभर परेको भिषण वर्षाका कारण जसपुरबाट झरेको पहिरो नकटेखोलमा आउँदा नरेठाँटी बजार उच्च जोखिममा परेको अध्यक्ष भण्डारीको भनाइ छ ।

बाढीको त्रासले स्थानीय रातभर जागराम बसेका छन् । नकटेखोलाको कटानले तटिय क्षेत्रका घरहरु समेत जोखिममा परेको उहाँले बताउनुभयो ।

‘नरेठाँटी बजारनै बाढीको जोखिममा छ, हिजो साँझदेखि परेको भारी वर्षाले नकटेखोलामा बाढी आयो, यसले यहाँका थुप्रै घरहरु जोखिममा परेका छन्, एक घर परिवारलाई सुरक्षित स्थानमा सारेका छौँ’ अध्यक्ष भण्डारीले भन्नुभयो, ‘अरु परिवारलाई पनि सार्नु पर्ने देखिन्छ ।’

बाढीका कारण घर डुवानमा परेपछि दुई घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीले महेन्द्र माविको खेल मैदान पुरिएको र विद्यालयसमेत जोखिममा परेको उहाँले बताउनुभयो ।

रातभर स्थानीय र मेसिनको प्रयोग गरि बाढी तर्काउने कोसिस गरेको उहाँको भनाइ छ । अध्यक्ष भण्डारीले रातभर मेसिन लगाएर बाढी नतर्काएको भए बजारनै डुवानमा पर्ने खतरा रहेको बताउनुभयो ।

‘माथि जसपुरमा पहिरो गएछ, त्यसबाट नकटेखोलामा ठूलो बाढ आयो, बाढीले खोला छेउँका घरहरुमा क्षति पुर्याएको छ, हामी रातभरी मेसन लगाएर बाढी तर्काउने प्रयास गर्यौ,’ उहाँले भन्नुभयो, ‘मेसिन लगाएर बाढी नर्तकाएको भए बजारनै डुब्ने थियो, केही हदसम्म भए पनि बजारमा बाढी पस्न पाएन ।’

मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

भिषण वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको छ । घोडाबाँधेदेखि गलकोटसम्मको खण्डकमा आधा दर्जनभन्दा बढी स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा सयौँ यात्रुहरु बाटोमै अलपत्र परेका छन् । पोखरा, काठमाडौं लगायतका स्थानबाट, बुर्तिबाङ, रोल्पा, रुकुम हिँडेका यात्रुहरु गलकोट नगरपालिका–२ भुङ्खानीमै अलपत्र परेका छन् ।

बाढी पहिरोले सडक क्षतविक्षत बनाएको हुँदा खुलाउन केही समय लाग्ने गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?