भोजपुर उडेको नेपाल एरलाइन्सको जहाजमा समस्या, काठमाडौं फर्काइयो

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भोजपुरका लागि उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको छ । आज बिहान ६ बजेर ३३ मिनेटमा काठमाडौंबाट उडेको जहाज ६ माइल टाढा पुगेपछि काठमाडौंमै फिर्ता भएको हो ।

ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक टेकनाथ सिटौलाले बताउनुभयो । १६ जना यात्रु लिएर उडेको जहाजको चेकजाँचपछि फेरि भोजपुर पठाइने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?