सांसदले बाँड्ने बजेट राख्ने सहमतिपछि आजबाट गण्डकी संसद सुरु हुँदै

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्रीले बजेटमा नराखेपछि अवरुद्ध गण्डकी प्रदेशसभा सोमबारदेखि सुरु हुँदैछ । अर्थमन्त्री र मुख्यमन्त्रीबीचको छलफलमा उक्त कार्यक्रम पुनः बजेटमा राख्न अर्थमन्त्री रामजी बराल सहमत भएपछि सोमबार दिउँसो १ बजेका लागि संसद् बैठक डाकिएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको निर्देशन र गठबन्धनको संयुक्त बैठकले दिएको निर्देशन समेत अटेर गरी बरालले उक्त कार्यक्रम नियतबस छुटाउनुभएको थियो । त्यसपछि सरकारले नै संसद स्थगीत गरेको हो । लामो समयको छलफलपछि अर्थमन्त्रीले छुटाएको कार्यक्रम अर्थ विविध शीर्षकबाट राख्न बराल राजी हुनुभएकाे हाे ।

बरालले अर्थ विविध शीर्षकमा ३ अर्ब २९ करोड रुपैयाँ राख्नुभएको छ । हरेक वर्ष उक्त कार्यक्रममा ७२ करोड विनियोजन हुने गरेको थियो । अहिले भने कार्यक्रम वजेटमै परेन ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमकै नाममा नभएपनि नाम फेरेर कार्यक्रम राख्न सहमत भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । बरालले उक्त कार्यक्रम केन्द्रिकृत मानसिकताको उपज भएको भन्दै नियतबस हटाएको बताउनुभएको थियो ।

चौतर्फी दवाव थेग्न नसकेपछि उहाँले कार्यक्रम राख्न सहमति जनाउनुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?