दाङ । मुख्यमन्त्रीले शपथ लिएको तीन सातासम्म पनि लुम्बिनी प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । प्रदेश सरकारले प्रधानमन्त्रीको निर्देशनबमोजिम मन्त्रालयको संख्या नामसहित सार्वजनिक गरे पनि मन्त्रीहरूको नाम भने टुंगो लगाउन सकेको छैन । सत्ता साझेदार दलहरूबीच भागबण्डा नमिल्दा सरकारको पूर्णतामा ढिलाइ भएको बताइएको छ ।
मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएको करिब महिना दिन पुग्दासमेत सरकार विस्तार हुन सकेको छैन । नियुक्त भएका दुई मन्त्रीहरूले पनि जिम्मेवारी पाएका छैनन् । एमाले संसदीय दलका नेता गिरी पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । पुस २८ गते दुई मन्त्रीसहित शपथ लिएपछि अन्य मन्त्री नियुक्त हुनसकेका छैनन् ।
सरकारका प्रवक्ता एवम् बिना विभागीय मन्त्री चेतनारायण आचार्यले यो साताभित्र मन्त्रिमण्डल विस्तार हुने दाबी गर्नुभयो । माओवादी संसदीय दलका नेता मातृशोकमा परेका कारण मन्त्रालयमा विस्तार रोकिएको बताइएको छ । लुम्बिनीमा सरकारलाई आठ दलले विश्वासको मत दिएका छन् । तीबाहेक दुई स्वतन्त्र सांसदको समेत समर्थन रहेकाले भागबण्डा मिलाउन कठिन भइरहेको छ ।
लुम्बिनीमा एकीकृत समाजवादीले पनि एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको छ । माओवादी, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति, जसपा, लोसपा सत्तामा साझेदार छन् । जनमतले एउटा मन्त्रालय पाउने निश्चित भएको छ । अन्य दलसँगको छलफल भइरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । जनमतका सांसद सिके गुप्ताले आफ्नो पार्टीले एउटा मन्त्रालय पाउने बताउनुभयो ।
यद्यपि, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय दिन मुख्यमन्त्री गिरी तयार हुनुहुन्न । जनमतले शिक्षा मन्त्रालय पाउने अपेक्षा गरेको छ । जनमतबाट गुप्ता नै मन्त्री हुनुहुनेछ । उहाँ रूपन्देही क्षेत्र नं. ५ को २ नं. क्षेत्रबाट निर्वाचित हुनुभएको हो । लुम्बिनीमा लोसपा पनि सरकारमा जाने तयारीमा छ । मुख्यमन्त्री गिरीले मन्त्रालय र संसदीय समितिमा समर्थक दलहरूलाई भाग मिलाउने कसरत गरिरहनु भएको छ । प्रदेशमा ६ वटा संसदीय समिति छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच