रामचन्द्र रायमाझी/पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-५ चरचरेस्थित सिद्धार्थ राजमार्गमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते भएका छन् । वबहीबार दिउँसो बुटबलबाट रामपुरतर्फ आउँदै गरेको लु.१ च. ७७८० नम्वरको डबल क्याप जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका हुन् ।
दुर्घटनामा जिप धनी रामपुर नगरपालिका-३ का ४३ वर्षीय सूर्यप्रसाद श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो । श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी चालक निस्दी गाउँपालिकाका २७ वर्षीय खेमबहादुर खाम्चा र रामपुर नगरपालिका-३ का ४६ वर्षीय टुक नारायण श्रेष्ठ घाइते हुनुभएको छ ।
श्रेष्ठको अवस्था गम्भीर रहेको छ भने खाम्चाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवै जनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । जिप आफै अनियन्त्रित भई सडकदेखि तीन सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच