कांग्रेसलाई सत्ता बाहिर रहँदा विग्रह ल्याएर लाभ लिने राम्रै अनुभव छ : एमाले अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसप्रति आक्रामक टिप्पणी गर्नुभएको छ ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संसदमा कांग्रेसले निभाएको भूमिकाप्रति आशंका उब्जाएको बताउँदै उहाँले आफूलाई प्रतिपक्षीको रुपमा कांग्रेसले स्वीकार्नसमेत नसकेको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएको प्रति उहाँले त्यो बेलादेखि नै कांग्रेसले अस्थिर राजनीति गरेको बताउनु भयो ।

कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाएको उहाँले टिप्पणी गर्नु भयो । अध्यक्ष ओलीले कांग्रेसका केही नेताले हाक्काहाक्की रुपमा ढोक्सा थापेको भन्दै बताउने गरेको बताउनु भयो ।

नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ । सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ ।’ उहाँले भन्नुभयो ।

सडकमा पुर्याएको प्रचण्डलाई प्रधानमन्त्रीमा बनाएर पिंजडामा हालिदिने भनेर कांग्रेसले भनेको उहाँले टिप्पणी थियो । कांग्रेसलाई सम्झाउँदै अध्यक्ष ओलीले लोकतन्त्रमा इमान्दार राजनीति हुनुपर्ने समेत उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?