डा. उपाध्यायको ‘भाइरस लभ’ युट्युबमा सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आफ्ना एकपछि अर्को उपन्यास युट्युबमा सार्वजनिक गरिरहनुभएका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको अर्को उपन्यास ‘भाइरस लभ’ युट्युबमा सार्वजनिक भएको छ । गीत संगीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएका उपाध्यायको ‘भाइरस लभ’ उहाँकै अफिसियल युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो ।

यो उपन्यास शिखा बुक्सले २०७८ मा प्रकाशन गरेको हो । यो डा. उपाध्यायको ११औं औपन्यासिक कृति हो । उपन्यासको भोइस-ओभर गणेश सुवेदीले गर्नुभएको छ । सुरेन्द्र पौडेलको रकेर्डिङ, दीपेन्द्र थापाकोे सम्पादन रहेको लिरिकल भिडियोमा राजीव शाह र कमल अधिकारीको संगीत छ । ‘पढनका लागि निश्चित ठाउँ र परिवेश आवश्यक भएका हुनाले अन्य काम गर्दा गर्दै पनि सुनेर पढन सकियोस् भन्ने उद्देश्यले युट्यबमा उपन्यास आफ्ना उपन्याहरू सार्वजनिक गरिरहेको हुँ’, डा.उपाध्यायले भन्नुभयो ।

उहाँका हालसम्म १५ उपन्यास पाठकमाझ आइसकेका छन् । डा.उपाध्यायको यसअघि उपन्यास ‘कफिलभ’, ‘वज्रघात’ र ‘भाग्यचक्र’ युट्युबमा सार्वजनिक भएका थिए । यस्तै अन्य उपन्यासलाई पनि युट्युबमार्फत सार्वजनिक गर्दै जाने उहाँले जानकारी गराउनुभयो ।

कीर्तिमानी डा.उपाध्यायका ३० एल्बमका सयौं गीत श्रोता र दर्शकमाझ आएका छन् । यस्तै, उहाँका ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायां’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ र ‘मझधार’ जस्ता १५ उपन्यास पाठकमाझ आएका छन् । यतिबेला १६औं उपन्यास लेखिरहेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?