‘मेरो डिस्काउन्ट’ अनलाइन सेवा

Read Time = 2 mins

काठमाडौ । ओसी ग्रुप सफ्टवेयर प्रालिले ‘मेरो डिस्काउन्ट’ अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । जसले स्थानीय व्यवसायीको व्यापार बढाउन तथा ग्राहकवर्गलाई गुणस्तरीय सेवा प्रदान गर्न मद्दत गर्ने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार मेरो डिस्काउन्टस डटकम छुट प्रदान गर्ने कम्पनी हो । ग्राहकले खरिद गर्ने प्रत्येक सेवा तथा सुविधामा विशेष छुट पाउनेछन् । नगद छुट, प्रोमो कोड, भौचर, कुपनलगायतका छुट प्राप्त हुने बताइएको छ । स्वस्थ र स्वादिष्ट भोजन वा कुनै स्पाको आनन्द लिन तथा मनोरञ्जनात्मक क्रियाकलापका लागि मात्रै नभई सपिङ मलमा किनमेल पनि गर्न सकिने कम्पनीले जनाएको छ ।

मेरो डिस्काउन्टमार्फत् व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा अभिवृद्धि गर्न, बृहत् विज्ञापनबाट व्यवसायलाई प्रवद्र्धन, सरल तथा सुरक्षित भुक्तानी गर्न, व्यवसायको निरन्तर अपडेट र अपग्रेड गर्न, बजार मागअनुसारको विश्लेषण र प्रस्ताव गर्न, व्यवसायलाई पेशागतरूपमा अभ्यास गर्न, रणनीति निर्माण गर्न र व्यवसायबारेमा व्यक्तिगत परामर्श गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रदिप चौधरीले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?