प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभावका कारण हाल देशको पहाडी भूभागमा आँशिक बदली रही तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।

बाँकी स्थानको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो हुस्सु क्रमश घट्दै जाने र घाम लाग्ने सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने महाशाखाकोअनुमान छ। उच्च पहाडी तथा हिमाली यि क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हो ।

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहनेछ।

तराईमा हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?