काठमाडौंमा बर्डफ्लू देखिएका तीनवटै फार्मका कुखुरा र अन्डा नष्ट गरियो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको तीन फर्ममा बर्डफ्लू पुष्टी भए पछि कुखुरा र अन्डा नष्ट गरिएको छ ।

पशु बिभागको अनुसार कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट र तार्केश्वरको फार्ममा कुखरा र टर्की मन थाले पछि परिक्षमा पठाउँदा बर्डफ्लू पुष्टी भएको थियो ।

ललितपुरको खुमलटारस्थित अनुसन्धान फार्ममा पहिलो पटक बर्डफ्लू पुष्टी भएको थियो ।

पशु बिभागका सूचना अधिकारी चन्द्र ढकालका अनुसार यतिखेर तीनवटै फार्मका कुखुरा, अन्डा र दाना नष्ट गरेर सम्भावित क्षति न्युनिकरण गरिएको छ ।

जसअनुसार लितपुरको खुमलटारमा २ हजार ५३० वटा अन्डा, २१७ वटा कुखुरा र दाना २५० केजी नष्ट गरिएको छ भने रामकोट फार्ममा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ ।

उता, तार्केश्वर फार्ममा ९४० वटा कुखुरा, दाना १०० केजी र १००० वटा क्रेट नष्ट गरिएको छ ।

- न्यूज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?