सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहका लागि फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।मन्त्रिपरिषद बैठकले जनयुद्ध दिवस मनाउनका लागि १ फागुनमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ ।
बैठकले प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई मर्ज गरी एकै मन्त्रालय बनाएपनि काम भने पुरानै अक्तियारी अनुसार गर्ने निर्णय गरेको छ ।
कर्णालीका हिमाली तथा पहाडी जिल्लामा निर्माण भइरहेका एकीकृत बस्ती विकास कार्यक्रमलाई थप व्यवस्थित बनाउनका लागि सञ्चालन नियामावली २०७९ स्वीकृत गर्ने निर्णय भएको छ । फागुनदेखि मन्त्रिपरिषद्को बैठक दोस्रो र चौथो बुधबार बस्ने निर्णयसमेत गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच