इटली। डुसान भ्लाहोभिचले दुई गोलसँगै एक असिसट प्रदान गरेपछि युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा सहज जित दर्ता गरेको छ ।
स्टुडियो एरेची सालेरनोमा मंगलबार राति भएको खेलको २६औं मिनेटमा डुसान भ्लाहोभिचले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई १-० को अग्रता दिलाए ।
फावियो मिरेटीलाई पेनाल्टी बक्समा हान्स निकोलुसी काभिग्लियाले फउल गरेपछि रेफ्रीले युभेन्ट्सलाई पेनाल्टी प्रदान गर्ने मौका दिएका थिए, जसमा युभेन्टसका डुसान गोल गर्न चुकेनन् ।
उता, पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै युभेन्ट्सलाई पहिलो हाफमा नै २-० को अग्रता दिलाउन सफल भए । उनले डुसानको पासमा गोल गर्न सफल भएका थिए ।
दोस्रो हाफको शुरुमै डुसानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै युभेन्ट्सलाई ३-० ले अघि बढाए । डुसानले ४७ औं मिनेटमा निकोलो फाजिओलीको पासममा गोल गर्न सफल भए ।
यस जितसँगै युभेन्ट्स २१ खेलबाट २६ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ भने पराजित सालेरनिटाना २१ खेलबाट २१ अंक जोडेर १६औं स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच