विराटनगर । मोफसलको सर्वाधिक चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपको तयारी तीव्र पारिएको छ । त्यसका लागि विराट गोल्डकप ट्रष्टले आफ्नो तयारीलाई तीव्रता दिएको जनाएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संरक्षक रहेको यो प्रतियोगिता त्यहीँको शहीद रंगशालामा चैत ९ गतेदेखि आयोजना हुनेछ ।
रातीमा फल्र्ड लाइटमा खेलाइने प्रतियोगितामा आठ टिमले सहभागिता जनाउनेछन् । नेपाली र विदेशी टिमको सहभागितामा हुने प्रतियोगिताको पुरस्कार राशि पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका सिइओ (कार्यकारी निर्देशक) सुवाशिष कोइरालाले जानकारी दिनुभएको छ ।
प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै दुई करोड ५० लाख खर्च लाग्ने भएकाले स्पोन्सर खोज्नेदेखि टिकट बिक्रीसम्मका योजनाहरू बनाएर अघि बढेको बताइएको छ ।
प्रतियोगितामा घरेलु टोलीका रूपमा विराटनगर सिटी एफसी रहेको छ । विराटनगर सिटी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) खेलेको थियो । यसका साथै संकटा, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्र र थ्रीस्टारले खेल्ने पक्का गरिसकेका छन् । कम्तीमा दुईवटा विदेशी टिमलाई पनि प्रतियोगितामा समावेश गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको इभेन्ट म्यानेजर सरोज लम्सालले बताउनुभयो ।
प्रतियोगिताका लागि अहिले विराटनगरको शहीद रंगशाला मर्मतको काम भइरहेको छ । त्यहाँ दिनहँु पानी हाल्ने र लेभलिङ गर्नुका साथै प्यारापिटमा पनि काम भइरहेको हो ।
पूर्वमा फुटबलको संस्कृति विकासका लागि पनि यो प्रतियोगिता कोषेढुंगा साबित गर्ने उद्देश्यले सबै तयारी अगाडि बढाइएको लम्सालले जिकिर गर्नुभयो । सुरुमा चैत ६ गतेदेखि प्रतियोगिता आयोजना गर्ने गरी आयोजकले तयारी अघि बढाए पनि अखिल नेपाल फुटबल संघ एन्फाले ‘ए’ डिभिजन लिग आयोजना गर्न लागेकाले ३ दिन पर सरेको हो ।
एन्फाले पनि मोफसलमा हुने गोल्डकपहरूको क्यालेण्डर सार्वजनिक गरिसकेको छ । सोहीअनुरूप गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुनेछ । नेपाली र विदेशी टिमको सहभागितामा हुने प्रतियोगिताको पुरस्कार राशि पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका सिइओ (कार्यकारी निर्देशक) सुवाशिष कोइरालाले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच