छोटो समयमै लोक गायनमार्फत श्रोता/दर्शकको मन जित्न सफल हुनुहुन्छ मदनकुमार थापा, सिन्धुपाल्चोकको सिन्धुकोटमा बुबा प्रेमबहादुर थापा र आमा रणमाया थापाको कोखबाट जन्मिनुभएका उहाँ काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । उहाँको स्वरमा एक दर्जनभन्दा बढी गीत श्रोता/दर्शकमाझ आएका छन् । आफ्नो सानैदेखिको लागवका कारण यो क्षेत्रमा आएको बताउनुहुने थापाका ‘बत्तीसे बैंस, सेट भयो इन्टरनेट, बेलपाते जस्ता गीत अधिक मन पराइएको छ । छिट्टै नै ‘ऐया’ गीत श्रोता/दर्शकमाझ ल्याउने तयारीमा रहनुभएका उहाँ सामाजिक परिवेशका गीत गाउन मनपर्ने बताउनुहुन्छ । उहाँका गीतले विभिन्न अवार्ड चुम्न सफल भएका छन् भने उहाँको योगदानको मूल्यांकन गर्दै विभिन्न मान, सम्मान र पुरस्कारले थापालाई विभूषित गरिएको छ । संस्कार बाँचे हामी बाँच्छौ, समाजमा रहेका व्यथिति रोक्नु हाम्रो नै कर्तव्य भन्ने उहाँको भनाइ रहेको छ । लोक गायनमा पोख्त उहाँको आगामी दिन पनि यसै क्षेत्रमा निरन्तरता दिने योजना छ । लोकगीतमा समाज बोलेको हुन्छ भन्नुहुने गायक मदनकुमार थापासँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला के गर्दै हुनुहुन्छ ?
गीतसंगीतमा लागेको मान्छे हुनाले यसैसँग सम्बन्धित कार्यमा आफूलाई संलग्न गराउँदै आएको छु । यस्तै केही सामाजिक कार्य र केही व्यक्तिगत कार्यहरू । यस्तै-यस्तै रहेको छ ।
यो क्षेत्रमा कसरी आउनुभयो ?
मेरो सानैदेखिको लगावले यो क्षेत्रमा आएको हुँ । स्थानीय परिवेश, माटोको माया भन्नुपर्ला । साहित्य क्षेत्रमा पनि मेरो विशेष लगाव भएकाले यो क्षेत्रमा आए भन्ने लाग्छ ।
चर्चा र लोकप्रियता फरक छ । कला देखाउनु राम्रो तर चर्तिकला देखाउनु पक्कै पनि राम्रो होइन । पछिल्लो समय कलाको नाममा चर्तिकला बढी भएको हो कि भन्ने लाग्छ । हामीले यो प्यार्टनलाई चेञ्ज गर्नुपर्छ । चर्चातिर भन्दा पनि लोकप्रियतातिर बढी लाग्नुपर्छ । मैले लोक वेसका गीत बढी गाएको छु । मलाई सामाजिक परिवेशका गीत अलिक बढी गाउन मन लाग्छ । लोकगीतमा समाज बोलेको हुन्छ ।
लोकदोहोरी क्षेत्र नै किन रोज्नुभयो ?
सायद म लोकदोहोरीका लागि नै जन्मिको हो कि जस्तो लाग्छ । किनभने घरका अभिभावकले भनेअनुसार म सानै छँदा नै गाउने गर्थे । मेरो अवोध दिमागमा पनि गीत रहेछ । त्यसैले सायद म यही क्षेत्रका लागि जन्मिएको हुँ कि । मेरो आफ्नो परिवेश, लगावले विस्तारै बढ्दै जादा म यो क्षेत्रमा हेलिदै गए । मलाई के लाग्छ भने प्रत्येक मानिस गीतसँग जोडिएको हुन्छ । कसैले थाहा पाउँछन्, कसैले थाहा पाउँदैनन् । मैले थाहा पाएँ अनि गीतसँग जोडिए कि ।
यहाँको पहिलो गीत कुन थियो ?
अनौपचारिक पमा धेरै गीत गाए पनि औपचारिक रूपमा ‘रोजी छाडी’ पछिल्लो गीत थियो
यहाँका अहिलेसम्म कति जति गीत श्रोता/दर्शकमाझ आएका छन्, केहीको नाम लिनुपर्दा ?
यस्तै एक दर्जनभन्दा बढी गीत श्रोता/दर्शकमाझ आएका छन् । सबै गीतले एकदमै श्रोता/दर्शकको साथ पाएका छन् । केही गीतको नाम लिनुपर्दा ‘बत्तीसे बैंस, सेट भयो इन्टरनेट, बेलपाते जस्ता रहेको छन् ।
नयाँ केही आउँदै छ कि ?
छिट्टै नै श्रोता/दर्शकमाझ ‘एैया’ गीत ल्याउँदै छु । यसको केही दिनअघि रकेर्ड कार्य सम्पन्न भएको छ ।
कस्तो गीत हो यो ?
मैले लोक बेसका गीत नै बढी गाएको छु । यो गीत पनि त्यस्तै हो । देशको स्थिति परिस्थिति, साधारण मान्छेको चित्रण, देशको अवस्था यसमा व्यक्त गरिएको छ ।
कस्ता गीत गाउन बढी मन पराउनुहुन्छ ?
मैले माथि पनि भने लोक वेसका गीत बढी गाएको छु । मलाई सामाजिक परिवेशका गीत अलिक बढी गाउन मन लाग्छ । लोकगीतमा समाज बोलेको हुन्छ ।
पछिल्लो समयमा लोक दोहोरी गीतमा द्वयअर्थी शब्द बढी प्रयोग भएको पाइन्छ नि ?
यहाँले भने जस्तै यस्तो देखिएको छ । मलाई के लग्छ भने चर्चा र लोकप्रियता फरक छ । कला देखाउनु राम्रो तर चर्तिकला देखाउनु पक्कै पनि राम्रो होइन । पछिल्लो समय कलाको नाममा चर्तिकला बढी भएको हो कि भन्ने लाग्छ । हामीले यो प्यार्टनलाई चेञ्ज गर्नुपर्छ । चर्चातिर भन्दा पनि लोकप्रियतातिर बढी लाग्नुपर्छ ।
यस क्षेत्रमा लागेर सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु, किनभने मलाई यो पेशा कसैले करले लगाएको होइन, मेरो रहरले आएको हुँ, मेरो आत्मले रोजेको कुरा, मनले रोजेको कुरा हो । मनले चाहेको पेशा भएको हुँदा सन्तुष्ट छु ।
अन्त्यमा,
संस्कार बाँचे हामी बाँच्छौं । समाजमा रहेका व्यथिति रोक्नु हाम्रो नै कत्वर्य हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच