झुट बोल्नेलाई सम्मानजनक बिदाई गर्नुपर्छः डा. भण्डारी

फाईल तस्बिर

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । नेपाली कांग्रेसका प्रभावशाली नेता, संविधान सभा सदस्य डा. चन्द्र भण्डारीले अब जनतालाई ढाट्ने र छल गर्ने दिनहरुको अन्त्य भएको बताउनुभएको छ । गुल्मी क्षेत्र नम्बर-१ का गठबन्धनका साझा उम्मेदवार भण्डारीले झुट बोल्ने नेताहरुलाई अब सम्मानजनक बिदाई गर्नुपर्ने बेला आएको बताउनुभएको हो ।

उहाँले आफुले जित्दा काम नगर्ने नेताले आफुले जिल्लामा बनाएका पुल खोई भन्दै प्रश्न गरेको भन्दै नेता भण्डारीले पुल हेर्न रिडि, पुलका मुख, खैरेनी, उल्लिखोला, चोरकाटे, सिस्ने हुँदै वामिटक्सार पुग्नुपर्ने भन्दै कहिलेकाही हेलिकप्टर चड्न पाए मात्रै जिल्ला आउदा पुल नदेख्नु स्वभाबिक रहेको भन्दै झटारो हान्नुभयो ।

'म कसैको बिरोध गरेर मत माग्ने पक्षमा छैन तर साथीले पुल खोई भन्नुभएछ, कृपया बडिगाड र रिडि खोलाको तिरैतिर गाडिमा यात्रा गर्नुहोला प्रत्येक किलोमिटरमा देखिने पुल मेरै पहलमा बनेका हुन, हेलिकप्टर बाट यात्रा गर्दा नदेखिनु स्वभाबिक हो' उहाँले भन्नुभयो, 'म आफू नेता बन्न कहिल्यै खोजिन, म सधै जनताको साथी हुँ, सधै जनताको सुख-दुःखको साथी बन्ने नै मेरो लक्ष्य हो ।'

नेता जितेर जाने, उस्का अग्ला अग्ला घर बन्ने तर जनताको अवस्था सधै जहाँको त्यहीँ हुने कुराले देशमा विकास नभएको भन्दै नेता भण्डारीले अब जनता समृद्ध बन्नेगरी जनप्रतिनिधि ईमान्दार हुनुपर्ने र त्यो ईमान्दारिता आफू र गठबन्धनका उम्मेदवारसंग रहेको बताउनुभयो । जिल्लामा उत्पादित कृषि उपजलाई कोल्डस्टोरको व्यवस्था मात्रै गर्न सके किसानले मूल्य बढेको बेला उत्पादन बेच्न सक्ने भन्दै नेता भण्डारीले त्यसका निम्ति आफुले काम गर्ने बताउनुभयो ।

त्यस्तै, गुल्मी-१ प्रदेशसभा (ख) का उम्मेदवार धनेन्द्र कार्कीले आफू प्रदेश सरकार र गुल्मेली जनता बिच पुलको काम गर्ने बताउँदै बिकासको अभावमा बसाइँसराइ गर्नुपर्ने दिनको अन्त्य गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?