एमाले अध्यक्ष ओलीसँग सदनको अवरोध हटाउने विषयमा राष्ट्रपति पौडेलकाे चासो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा उहाँहरुबीच संसद अवरोधलगायतका विषयमा बुधबार दिउँसो छलफल भएको थियो ।

यसअघि प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई पनि बोलाएर राष्ट्रपति पौडेलले सदनको अवरोध हटाउने विषयमा चासो राख्नुभएको थियो ।

राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार लामो समयसम्म संसद नचल्दा जनतामा नैराश्यता बढ्नुका साथै नकारात्मक प्रभाव पर्ने भन्दै राष्ट्रपतिले ओलीलाई ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रमुख प्रतिपक्ष दल एमाले सुन तस्करी प्रकरणको उच्चस्तरीय छानबिन गर्नुपर्ने माग गर्दै आएको छ । १० साउनदेखि अवरोधका कारण संसद चल्न सकेको छैन। संसद अवरोधको दोष सत्तापक्ष र प्रतिपक्षले एकअर्कालाई लगाउँदै आएका छन् ।

प्रमुख राजनीतिक दलहरुबीच यस विषयमा भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?