जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनविरुद्ध बोल्नेलाई पनि कारबाही हुने चेतावनी दिनुभएको छ।
शनिबार जनकपुरभाममा आयोजित चुनावी सभामा बोल्दै उहाँले पाँचदलले मिलेर आफूलाई प्रधानमन्त्री बनाएका कारण गठबन्धन टिकाउनु आफ्नो सबैभन्दा ठूलो कर्तव्य रहेको समेत बताउनु भयो ।
कांग्रेस सभापति समेत रहनु भएको प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध उम्मेदवारी दिने र बोल्नेका लागि पार्टीमा कुनै स्थान नभएको बताउनु भयो । साथै उहाँले त्यस्ता व्यक्तिलाई कारबाही गरेर पार्टीबाट निकाल्ने समेत बताउनु भयो ।
गठबन्धनको पक्षमा माहोल बनेको बताउँदै उहाँले पार्टीको अनुशासनमा नबस्नेहरुलाई साधारण सदस्य नरहने गरी निस्कासन गरिने चेतावनी दिनुभयो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच