कलाकार पदमप्रसाद पौडेलको निधन

Read Time = 2 mins

काठमाडौं । कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ । ९२ वर्षका पौडेलको बूढानीलकण्ठ चपलीस्थित आफ्नै घरमा मंगलबार निधन भएको हो । यो उमेरमा पनि उहाँको अभिनयमा सक्रियता थियो । उहाँ अभिनित पछिल्ला चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘नालापानी’ केही अगाडि प्रदर्शनमा आएको थियो ।

करिब ७० बढी चलचित्र अभिनय गर्नुभएका पौडेल चलचित्र कलाकार संघका आजीवन सदस्य हुनुहुन्थ्यो । उहाँले थुप्रै टेलिफिल्म, म्युजिक भिडियो र विज्ञापनमा समेत अभिनय गर्नुभएको छ । पाँच छोरा र दुई छोरीका पिता पौडेलकी श्रीमती देवकुमारी पौडेल पनि कलाकारितामा रुचि राख्नुहुन्थ्यो । संखुवासभाको चैनपुरका उहाँले कलाकारिता अगाडि शिक्षण पेसा र राससको संखुवासभा प्रतिनिधि भएर पनि काम गर्नुभएको थियो ।

उहाँ दमको रोगबाट पीडित हुनुहुन्थ्यो । पौडेलको मंगलाबारै पशुपति आर्यघाटमा अन्तिमसंस्कार गरिएको छ । कलाकार संघले झण्डा ओढाएर उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?