प्रिमियर स्टिलको डिलर्स भेला

Read Time = 1 min

विराटनगर । प्रिमियर स्टिल प्रालिले विराटनगरमा ‘प्रिमियर डिलर्स मिट २०७९’ कार्यक्रम आयोजना गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा देशभरका डिलरको सहभागिता थियो ।

सो अवसरमा कम्पनीका डाइरेक्टरहरू पवन सारडा, सौरभ सारडा, अनुपम राठी, अभिजित सिंहलगायतले कम्पनीका उत्पादनका बारेमा जानकारी प्रदान गर्नुभएको थियो । प्रिमियर स्टिलका ब्राण्ड एम्बेसडर राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले प्रिमियर डिलर्स मिटका सहभागीलाई हौसला बढाउँदै नेपालको प्रतिष्ठित स्टिल कम्पनी प्रिमियर स्टिलसँग आबद्ध भएर कार्यक्रममा सहभागी हुन पाउँदा गौरवको अनुभूति भएको बताउनुभयो । शारदा ग्रुप र राठी ग्रुपको संयुक्त लगानीमा स्थापित प्रिमियर स्टिलको दैनिक आठ सय टनभन्दा बढी उत्पादन क्षमता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?