फिनल्याण्डकी प्रधानमन्त्रीलाई ‘क्लिन चिट’

Read Time = 2 mins

हेल्सिन्की । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनलाई ‘क्लिन चिट’ मिलेको छ । ३६ वर्षीया फिनिस प्रधानमन्त्री मरिन उहाँका साथीहरूसँग उन्मुक्त नाचेको भिडियो सार्वजनिक भएपछि गरिएको एक अनुसन्धानले उहाँलाई ‘क्लिन चिट’ दिएको हो । प्रधानमन्त्री मरिन पार्टीको समय ‘कर्तव्य गर्न पूरा गर्न सक्ने स्थितिमा नरहेको भन्ने’ उजुरीबीच उहाँमाथि अनुसन्धान गरिएको थियो ।

सन् २०१९ मा विश्वकी सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेर चर्चा कमाउनुभएकी मरिनको पार्टीको भिडियो बाहिरिएपछि उहाँ विवादमा तानिनु भएको थियो । मन्त्रीहरूको काम कारबाहीको निरीक्षण गर्ने स्वतन्त्र कार्यायल चान्सलर अफ जस्टिसले पार्टीको समय सन्ना मरिनले उहाँको जिम्मेवारीलाई बेवास्ता नगरेको निष्कर्ष निकालेको छ । चान्सलर अफ जस्टिसका प्रमुख टुमास पोइस्टीले आफ्नो निर्णयमा लेख्नुभएको छ, ‘प्रधानमन्त्रीको हर्कतमा कुनै गैरकानुनी आचरण वा जिम्मेवारीबाट विमुख भएको शंका गर्ने ठाउँ छैन ।’

मरिनका आलोचकहरू र राजनीतिक विपक्षीहरूले उहाँको व्यवहार अनुपयुक्त, अविवेकी र गैरजिम्मेवारपूर्ण भएको दाबी गरेका थिए । साथै भिडियो बाहिरिनुले पनि उहाँका साथीहरू विश्वसनीय नरहेको र साथी चुन्ने कुरामा उहाँमा कमजोरी देखिएको आरोप लागेको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?