काठमाडौं । मोबाइल गेम ‘पब्जी मोबाइल’ र वल्र्डलिंकबीच सम्झौता भएको छ । नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको अवस्थामा पब्जी मोबाइलका नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमर रहेका छन् । मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा गेमिङ समुदायको आवश्यकता सम्बोधन गर्न र उनीहरूको गेमिङप्रति आकर्षण सशक्तरूपमा पूरा गर्न नवीनतम प्रविधिसाथ अघि बढ्न आवश्यक रहेको वल्र्डलिंकको भनाइ छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले भन्नुभयो, ‘थुप्रै विशेषता एवं सुविधासाथ नेपाली मोबाइल गेमरहरूले पूर्णरूपमा नयाँ तहको उत्साह एवं गेमिङ अनुभव प्राप्त गर्न सक्नेछन् । जसले गेमिङप्रतिको दृष्टिकोण पूर्णरूपमा परिवर्तन गर्नेछ । यो बृहत् भविष्यतर्फको पहिलो कदम हो, जसले मोबाइल गेमका लागि नयाँ अवसर प्रदान गर्नेछ ।’ दुवै संस्थाबीचको सहकार्यले नेपालमा मोबाइल गेमिङ अझ रोमाञ्चक बनाउने विशेष सुविधा एवं विशेषता प्रदान गर्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच