साइबर सुरक्षाका चुनौती

हिमालय टाइम्स
Read Time = 5 mins

✍️ विष्णु ऐर (आईटि एक्सपर्ट)

हाम्रा हरेक कुरा प्रविधिमैत्री हुँदै जाँदा साइबर सुरक्षाको विषय जटिल बन्दै गएको छ । साइबर क्राइमको समस्या भोग्नेहरूको संख्या दिनानुदिन बढ्दै छ । हाम्रा कार्यहरू डिजिटल माध्यमतर्फ रूपान्तरण हुँदै गर्दा प्रविधिको प्रयोग गरी हुने ठगीका घटनाहरू बढ्न थालेका छन् ।

चिठ्ठा परेको भन्दै सर्वसाधारणको गोप्य विवरण प्राप्त गर्ने र त्यसको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिको खाताबाट रकम हिनामिना गर्ने घटना दिनप्रतिदिन बढिरहेका छन् । यस्ता अपराधबाट सबैभन्दा बढी प्रविधिबारे कम जानकार नागरिकहरू पीडित हुने देखिएको छ ।
इन्टरनेटबाट हुने अपराध साइबर अपराध हो । यो कम्प्युटर उपकरण वा प्रणालीको दुरुपयोग गरी हुने विशिष्ट प्रकृतिको अपराध हो । यसलाई भौतिक, सांस्कृतिक र प्राकृतिक सीमाविहीन अपराधसमेत मानिन्छ ।

इन्टरनेटबाट हुने अपराध साइबर अपराध हो । यो कम्प्युटर उपकरण वा प्रणालीको दुरुपयोग गरी हुने विशिष्ट प्रकृतिको अपराध हो । यसलाई भौतिक, सांस्कृतिक र प्राकृतिक सीमाविहीन अपराधसमेत मानिन्छ । सामाजिक सञ्जालमार्फत परिचित तथा अपरिचित व्यक्तिहरूसँग सम्बन्ध बढाइरहँदा आफू कति सुरक्षित छु भनेर ध्यान दिनुपर्छ ।

सामाजिक सञ्जालमार्फत परिचित तथा अपरिचित व्यक्तिसँग सम्बन्ध बढाइरहँदा आफू कति सुरक्षित छु भनेर ध्यान दिनुपर्छ ।
आफूले प्रयोग गर्ने पासवर्डहरू कत्तिको सुरक्षित छन् भन्नेतिर पनि सबैले ख्याल गर्नुपर्छ । साइबर सुरक्षाका बारेमा न्यूनतम तथा आधारभूत ज्ञानको अभावमा यस प्रकृतिका घटना वृद्धि भइरहेका छन् । ठगीका यस्ता घटनाबाट जोगिनका लागि गर्नै नहुने कार्य भनेको मोबाइल नम्बरमा प्राप्त हुने ओटीपी नम्बर तेस्रो व्यक्तिलाई नभन्ने हो । प्रविधिमा अभ्यस्त व्यक्तिले ओटीपी प्राप्त गरे आफूअनुकूल प्रयोग गर्नसक्ने हुँदा यस्ता विषयमा सबै सचेत रहनुपर्छ ।

देश विदेशबाट नेपालको साइबर स्पेसमा कम्प्युटर, मोबाइल र यसका विभिन्न नेटवर्कबाट आक्रमण हुने क्रम रोकिएको छैन । सरकार, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक, बैंक, एयरलाइन्सलगायत कम्पनीका सिस्टममा अझै आक्रमण भइरहेका छन् । कतिपय अवस्थामा नेपाल साइबर अपराधको अखडा बन्ने हो कि भन्ने प्रश्न पनि उठ्न थालेका छन् । यसलाई पुष्टि हुनेगरी विभिन्न थरिका साइबर अपराधका घटनासमेत भइरहेका छन् । केही समय पहिला पनि विदेशबाट नेपालका सरकारी साइटहरू हृयाक भएका थिए ।

हाल साइबर अपराध भन्ने बित्तिकै अधिकांश घटना फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालबाट आउँछन् भन्ने बुझिन्छ । र, त्यस्ता घटनालाई सामान्य रूपमा लिँंदा झनै समस्या निम्तिरहेको छ । अहिले सामाजिक सञ्जालमा गाली, मानहानी वा चरित्र हत्याका पोष्टमात्रै हुने गरेका छैनन् । यही माध्यमलाई अपनाएर ठूला कर्पोरेटमा आक्रमणसमेत हुन थालेका छन् । नेपालको निजी क्षेत्रमा पनि साइबर आक्रमण हुँदै आएको छ । यसबाट सचेत हुन जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?