चितुवाको छालासहित पक्राउ परेका दुई तस्कर सार्वजनिक

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । चितुवाको छालासहित पक्राउ परेका दुई जना तस्करलाई जिल्ला प्रहरी कार्यालय धादिङले सार्वजनिक गरेको छ । आज मंगलबार पत्रकार सम्मेलनमार्फत् पक्राउ परेका दुई तस्करहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर १ स्थित चापाखर्कका ३० बर्षिय दिपक मोक्तान र सोही स्थानका ४५ बर्षिय सुबिन्द्र मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

राजमार्ग क्षेत्रमा चितुवाको छालाको कारोबार भैरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङको मातहतबाट प्र.नि. डबल बहादुर बमको कमाण्डमा खटिएका प्रहरी टोलीले फागुन १ गते मकवानपुर कैलाश गाउँपालिकाबाट महादेबबेशी तर्फ आउने क्रममा आग्रा मोरिया सडक खण्डबाट पक्राउ गरेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

उक्त चितुवाको छाला २ लाखमा किनेर १२ लाखमा बिक्री बितरणको लागी डिल भैरहेको खुलेको छ । यस्तै पक्राउ परेका छाला शिरदेखि पुच्छर सम्म ७ फिट लम्बाई रहेको छ । चितुवाको सिङ्गो छालासहित पक्राउ परेका अभियुक्तहरुलाई आबश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय धादिङमा बुझाईएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?