शाओमी फेस्टिभ अफर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले चाडपर्व अझै उत्साहपूर्ण बनाउन विशेष चाडपर्व अफर ‘चाडपर्वको मुड, अफर टु गुड’ ल्याएको छ । अफरअन्तर्गत रेड्मी स्मार्टफोन मोडलमा दुई हजार रुपैयाँसम्म छुट रहेको छ । अफरबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, ‘चाडपर्वको सिजन नजिकिँदै गर्दा विभिन्न स्मार्टफोनमा आकर्षक छुटका साथ विशेष चाडपर्व अफर लिएर आउन पाउँदा शाओमी नेपाल हर्षित छ । यो लिमिटेड–टाइम अफरले उपभोक्तालाई असाधारण मूल्य प्रदान गर्ने वाचा गर्छ, जसले शाओमीको अत्याधुनिक प्रविधि थप पहुँचयोग्य मूल्यमा उपलब्ध गराएको छ ।’

अफरमा रेड्मी ए २ र ए २ प्लस खरिदमा रेड्मी इयरफोन पाइनेछ । रेड्मी १२ सी ४/६४ जिबीको अघिल्लो मूल्य १४ हजार चार सय ९९ रहेको १३ हजार नौ सय ९९ मा पाइनेछ भने ६/१२८ जिबीको १६ हजार नौ सय ९९ रहेको १५ हजार नौ सय ९९ रुपैयाँमा पाइनेछ ।

त्यस्तै, रेड्मी नोट १२ ६/१२८ जिबीको २४ हजार नौ सय ९९ रहेकोमा २३ हजार चार सय ९९, ८/१२८ जिबीको २६ हजार नौ सय ९९ रहेकोमा २५ हजार चार सय ९९, ८/२५६ जिबीको २७ हजार नौ सय ९९ रहेकोमा २६ हजार चार सय ९९ रुपैयाँमा पाइनेछ ।

त्यसैगरी रेड्मी नोट १२ फाइभजी ६/१२८ जिबीको २९ हजार नौ सय ९९ रहेकोमा २८ हजार चार सय ९९, ८/२५६ जिबीको ३१ हजार नौ सय ९९ रहेकोमा ३० हजार चार सय ९९ रुपैयाँ रहेको छ ।

त्यस्तै, रेड्मी नोट १२ प्रो फाइभजी ६/१२८ जिबीको ३८ हजार नौ सय ९९ रहेकोमा ३६ हजार नौ सय ९९, ८/२५६ जिबीको ४१ हजार नौ सय ९९ रहेकोमा ३९ हजार नौ सय ९९, पोको एक्स ५ प्रो फाइभी ६/१२८ जिबीको ३९ हजार नौ सय ९९ रहेकोमा ३७ हजार नौ सय ९९, ८/२५६ जिबीको ४२ हजार नौ सय ९९ रहेकोमा ४० हजार नौ सय ९९ रुपैयाँ रहेको छ । फेस्टिभ अफर कात्तिक २९ गतेसम्म रहने कम्पनीले जनाएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?