पाँचथर । पाँचथरमा भीरबाट लड्दा एक बृद्धको मृत्यु भएको छ ।
मिक्लाजुङ गाउँपालिका-७ स्थित भीरबाट लड्दा ७३ वर्षीय हस्तबहादुर लिम्बूको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी सन्तोष राईका अनुसार श्रीमती सरिता लिम्बू र दुई जना छोराछोरीसहित पाँचथर ससुराली घर आउने क्रममा गत माघ २९ गते भीरबाट लडेर उहाँको निधन भएको हो ।
भीरबाट लड्नुभएका हस्तबहादुरको मंगलबार मात्रै शव भेटिएको हो ।
प्रहरी चौकी खान्द्रोङबाट खटेका प्रहरी र स्थानीयले खोजी गर्दा भीरबाट लडेका हस्तबहादुरलाई शव फेला पारेको हो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरि शवलाई आफान्तजनलाई जिम्मा लगाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच