नयाँ बसपार्क घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति गठन

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नयाँ बसपार्क क्षेत्रमा भएको घटनाको छानबिन गर्न डीआईजी नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गत सोमबार यातायात व्यवसायीको आन्दोलनका क्रममा भएको लुटपाट र क्षति तथा प्रहरीको तर्फबाट भएको कमजोरीबारे अध्ययन गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिएनुभयो।

उहाँका अनुसार एक साताभित्र अध्ययन प्रतिवेदन बुझाउन समितिलाई समय दिइएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मसउद आलम खाँ नेतृत्वको समितिमा उपत्यका प्रहरीकै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालय श्रेष्ठ, जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल, उपत्यका प्रहरी कार्यालयका एसपी सानुराम भट्टराई र प्रहरी नायव उपरीक्षक (डीएसपी) खुमलाल भुसाल सदस्य रहेका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?