खाना पकाउने ग्यास लिक हुँदा जुम्लाको एक घरमा आगलागी, पाँचको जनाको उद्धार

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । ग्यास लिग हुदा जुम्लाको एक घरमा आगलागी भएको छ । यहाँको चन्दननाथ नगरपालिका - ६ बसपार्क स्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार न्यौपानेको घरको तीन तले ग्राउण्ड फलरमा आगलागी हुदा ४ वटा कोठा, कोलिया र माथि तला जाने भर्याङ क्षति भएको छ ।

प्रहरीका अनुसार सो घरमा भाडामा वसेका नवराज खड्का खाना पकाउदै गर्दा एक्कासी रेगुलेटरमा आगो निस्केर आगजनी भएको हो । उहाँको अनुसार लिग भईरहेको आगो निभाउन खोज्दा ग्यास ढलेको र अन्य कपडामा आगो सरेपछि आगजनी भएको थियो ।

आगो लागेको जानकारी भएपछि नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ । ग्राउण्ड फ्योरमा आगलागी हुँदा ४ वटा कोठा, कोलिया र माथि तला जाने भर्याङ वाहेक अन्य ३ तले घर जोगिएको हो । प्रहरी निरीक्षक जोशीका अनुसार घटनाको जानकारी भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र शशस्त्र प्रहरीले पानीले आगो नियन्त्रणमा लिएको छ ।

दोस्रो र तेस्रो तलाबाट ५ जनाको उद्धार
आगलागी भईरहेको समयमा दोस्रो र तेस्रो तलामा रहेका नागरिकहरुको उद्धार गरिएको छ । दोस्रो र तेस्रो तलामा रहेका सरस्वति बुढ्थापा, पर्मिला बुढा, कर्मकन्या हमाल, पुजा बुढा र माया लक्ष्मी बुढाको अर्को नया निर्माण भईरहेको घरबाट भर्याङ लगाएर उद्धार उद्धार गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय गोपाल रोकायाले अन्तिमा छतमा रहेकी एक जना ज्येष्ठ नागरिक महिलालाई कठिन अवस्थामा उद्दार गरिएको सुचना अधिकारी जोसीले बताउनुभयो । दमकल समयमै त्यो क्षेत्रमा पुगेपनि वाटो नभएका कारण घर नजिक जान सकेन न्यौपानेको छेउमा रहेको कालिवहादुर बुढाको घरको ट्यांकीमा रहेको पानीले आगो निभाउन ठूलो सहयोग पुगेको स्थानीयवासी बताउँछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?