अब एक हजारमै मोबाइलको डिस्प्ले परिवर्तन

Read Time = 3 mins

काठमाडौं । मोबाइल फोन मर्मतसम्बन्धी सेवा सञ्चालन गर्दै आएको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सस्थित इजी मोबाइल केयर प्रालिले नेपालमै पहिलोपटक नौ सय ९९ रुपैयाँमा मोबाइल फोनको डिस्प्लेको टच फेर्ने सुविधा ल्याएको हो । सोअन्तर्गत चीन तथा कोरियामा निर्मित अत्याधुनिक मेसिन तथा प्रविधिको माध्यमबाट आइफोन, शाओमी, सामसुङ, वानप्लस, ओपो, भिभो, रियलमी, इनफिनिक्स, नार्जोलगायत २६ भन्दा बढी ब्राण्डका छ सयभन्दा बढी मोडलका बिग्रिएका मोबाइलको ‘एलसिडी टच फेर्न’ सकिनेछ ।

इजी मोबाइल केयरका सञ्चालक सञ्जित पौडेलले नेपालमै पहिलोपटक यस्तो सेवा सुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपभोक्ताहरू अहिले डिस्प्लेको टच बिग्रिए पनि अधिक मूल्य तिरेर पूरै डिस्प्ले नै फेर्न बाध्य भएकाले उनीहरूलाई बिग्रेको डिस्प्ले टच सस्तो मूल्यमै फेरिदिने र मर्मत सेवा दिइनेछ । यसले ग्राहकको रकम बचत हुनेछ भने अनावश्यक झन्झट र दुःख हुने छैन ।’ डिस्प्ले टचको मर्मत गर्न हाल कम्तीमा पनि २५ सय रुपैयाँभन्दा धेरै लाग्ने भएकाले ग्राहकले मर्मत नगरी प्रयोग गर्र्ने वा नयाँ किन्ने गरेका छन् ।

कम्पनीले सहुलियत मूल्यमै गुणस्तरीय सामान तथा सर्भिस उपलब्ध गराउने उद्देश्यले सय दिनको ग्यारेन्टीसाथ नौ सय ९९ रुपैयाँ नै डिस्प्लेको टच फेर्ने सेवा सञ्चालनमा ल्याएको जनाएको छ । इजी मोबाइल केयरले यसअघि नेपालमा पहिलोपटक शून्य ब्याजदरमा मोबाइल फोनको किस्ताबन्दी सेवा सञ्चालन गरेको थियो, जसमा २५ हजारभन्दा बढी सेवाग्राहीले सेवा लिएका थिए । कम्पनीले आगामी दिनमा देशभर सेवा सञ्चालन गर्ने भएको छ । जसका लागि कम्पनीले कोरिया र चीनबाट थप अत्याधुनिक उपकरण र सामग्री ल्याइने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?