दाङ । भनिन्छ, दुःख काटेपछि सुख आउँछ नै तर परिश्रम नगरी आफैँ सुख आउँदैन । हाम्रो समाजमा केही न केही व्यवसाय गरेर छोटो समयमा नै जीवन बदलिएको धेरैलाई देखेका छाँै । जो हिजो खालिपेट अनि खालिखुट्टा भौँतारिएर मिहिनेत गथ्र्यो उसको आज जीवनशैली बदलिएको हुन्छ । हो, यस्तै जीवनयापन फेरिएको छ तुलसीपुर-१८ कौवापुर बस्ने कमला खड्का भण्डारीको । त्यो पनि कुखुरापालन व्यवसायबाट । उहाँले अण्डा दिने लेयर्स जातको कुखुरा पालेर आफ्नो परिवारलाई बदल्नुभयो । रोल्पाबाट २०६५ सालमा दाङ झरेको उहाँको परिवारमा केही नभएपछि उहाँ उक्त व्यवसायसँग जोडिनुभयो ।
केही ऋण गरेर भए पनि केही न केही नगरी भएन भनेर खड्का आफैं कस्सिएर कुखुरापालन व्यवसायतर्फ लाग्नुभयो । उहाँले कुखुराका चल्ला फर्ममा हाल्नुभयो । ती कुखुराले अण्डा दिन थालेपछि उहाँले बिक्री गर्न सुरु गर्नुभयो । सुुरु-सुरुमा अण्डा बिक्रीमा साह्रै समस्या आयो । त्यसपछि उहाँ आफैँ रिक्सामा अण्डा हालेर गाउँ-गाउँमा पुगेर बेच्न थाल्नुभयो । कैयौँ पटक तुलसीपुरसम्म खालिखुट्टा हिँडेर, काखमा बच्चा च्यापेर अण्डा बिक्री गर्नुभयो ।
यसरी पहिलो लटमा उहाँले सबै खर्च कटाएर झण्डै पाँच लाख रूपैयाँ जति आम्दानी गर्न सफल हुनुभयो । अनि फेरियो उहाँको जीवन । ‘त्यस्ता दिन पनि थिए, कैयौँ रात खाना नखाएर सुत्यौँ, एकसरो लुगा लाएर बसियो,’ उहाँ भन्नुहुन्छ । तर, आज खुट्टामा चप्पल छन्, तीन छोराछोरी बोर्डिङ स्कुल पढ्छन,’ उहाँले भन्नुभयो । उहाँ अगाडि थप्नुहुन्छ, ‘ती दुःखका दिन सम्झिँदा रुन मन लाग्छ अनि आफूले आफैंलाई सम्हाल्छु ।’ अहिले उहाँको फर्ममा लगभग ६५० वटा लेयर्स कुखुरा छन् । ती कुखुराले दैनिक लगभग नौ सयको हाराहारीमा अण्डा पार्दछन् । ती अण्डाबाट मात्रै लगभग दुई हजारदेखि दुई हजार पाँच सयसम्म दैनिकरूपमा कमाइ हुन्छ । पहिलो लटमा अण्डा बिक्री हुन सहज थिएन तर अहिले घरबाटै बिक्री भइरहेको उहाँले बताउनुभयो ।
उमेरले ३३ वर्ष पुग्नुभएकी खड्काका श्रीमान् लिलाधर भण्डारीले श्रीमतीको व्यावसायिक कुखुरापालनबाट राम्रो आम्दानी भएको बताउनुभयो । उहाँका अनुसार परिवारमा उक्त व्यवसायले खुसी नै ल्याएको छ । यसरी दुःख गरेपछि सफल भइँदो रैछ भन्ने उदाहरण यो भण्डारी परिवारले गाउँघरमा देखाएको छ । यसरी आर्थिकरूपमा सम्पन्न भइनसके पनि हिजोको परिवारको स्थिति र आज धेरै फरक भएको उहाँ बताउनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच