राष्ट्रपतिबारे छलफल गर्न बसेकाे माओवादीको बैठक जारी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजेबाट बैठक सुरु भएको हो ।

भावी राष्ट्रपतिका बारेमा राजनीतिक दलहरु बिच घम्साघम्सी परिरहेको बेला माओवादी केन्द्रले बोलाएको पदाधिकारी बैठकलाई महत्वका साथ हेरिएको हो ।

गत १० पुसमा नेकपा एमालेलाई राष्ट्रपति दिने सर्तमा प्रधानमन्त्री नियुक्त भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समयमा सहमतीय राष्ट्रपतिको बिषय उठान गरे पछि राजनीतिक माहौल एकाएक फेरिन पुगेको मात्रै छैन, एमाले–माओवादी गठबन्धनमा समेत समस्या देखा परेको छ ।

यही बेला बस्न लागेको माओवादी पदाधिकारी बैठक प्रति सबैको नजर पुगेको छ, माओवादी पदाधिकारीको बैठकको यतिबेला निकै प्रतिक्षा गरिराखिएको छ ।

सो बैठक अघि सो पार्टीका महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति ‘कुनै दल बिशेषको नहुने’ भन्ने धारणा राखे पछि माओवादीको स्थीति प्रकट भएको छ भने सोही बिषयलार्इ लिएर पोखरामा अध्यक्ष प्रचण्डले १२ बुदेँ समझदारी गर्ने दलहरु एकै ठाउँमा उभिनु पर्ने बताए पछि एमालेको प्रस्तावमा राष्ट्रपति हुने भन्ने बिषय झन अन्यौल हुन पुगेको छ ।

पोखरा पार्टी कार्यक्रमा सहभागी हुन जानु भएका अध्यक्ष प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सिंहदरवारस्थित कार्यालयमा भेटघाट गरेर पदाधिकारी बैठकमा जानुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?