पञ्जाबी गायक सिद्धूको हत्या अनुसन्धान गर्दै भारतीय प्रहरी नेपालमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । पञ्जाबी गायक एवं कंग्रेस नेता सिद्धू मुसेवालाको हत्यामा संलग्‍न व्यक्तिको खोजी गर्दै भारतीय प्रहरी नेपाल आइपुगेको बताइएको छ ।

भारतीय सञ्चार माध्यम इन्डिया टुडेलगायतका पत्रपत्रिकाले दिल्ली प्रहरीको विशेष टोली शुक्रबार नै नेपाल आएको जनाएको हो।

उक्त पत्रिकाले स्रोत नखुलाईकन नै ति प्रहरी टोली नेपाल आएको जनाएको हो। उनीहरू नेपालको कुन क्षेत्रमा रहेर खोजी गरिरहेको भन्ने उल्लेख गरेको छैन। इन्डिया टुडेमा हिमा‌‌शु मिश्रले वाइलाइन स्टोरी नै लेख्नुभएको छ ।

राजनीतिमा प्रवेश गर्नुभएका गायक मुसेवालाको सुरक्षा व्यवस्था पञ्जाब सरकारले हटाएको केही दिनपछि अज्ञात बन्दुकधारीहरूबाट हत्या भएको हो । उहाँ गायनसँगै कांग्रेसमा प्रवेश गरेर आफ्नो राजनीतिक करिअरलाई अघि बढाउन खोज्दै हुनुहुन्थ्यो ।

यता, नेपाल प्रहरीले भने दिल्ली प्रहरी नेपाल प्रवेश गरेको भन्ने विषय जानकारीमा नरहेको जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार भारतीय सञ्चारमाध्यममा उल्लेख गरेअनुसार उनीहरू नेपाल आएको जानकारी नेपाल प्रहरीलाई छैन्।

उक्त अनुसन्धान टोलीले मुसे वालाको हत्यामा संलग्न हतियारधारीहरू नेपालमा लुकेको हुनसक्ने आंकलन गरेको छ। उनीहरू मध्ये पक्राउ परेकाको जानकारीलाई आधार बनाएर उनीहरू नेपाल प्रवेश गरेको पनि समाचारमा उल्लेख छ। पञ्जाबको मन्सा जिल्लास्थित जवाहार्के गाउँमा गत आइतबार मुसेवालाको हत्या भएको थियो।

पञ्जाब पुलिसले मुसेवालाको हत्यामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेसँगै दिल्ली पुलिस नेपाल आएको पनि उल्लेख छ। मुसेवालाको हत्याका लागि बोलेरो कार उपललब्ध गराउने दुई जना पक्राउ परेका छन्। उनीहरू मंगलबार पक्राउ परेका हुन भने उनीहरूकै जानकारीलाई आधार बनाएर दिल्ली प्रहरी नेपाल प्रवेश गरेको हो।

गोल्डी ब्रारले आफ्नो फेसबुक पोस्टमार्फत् मुसेवालाको हत्याको जिम्मेवारी लिएका थिए। उनले ग्याङस्टर वियक्की मिड्डुखेराको मृत्युको बदला लिएको समेत उल्लेख गरेका छन्। एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
बजेटमाथि विपक्षी : ‘बजेटले मध्यमवर्गलाई सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता गर्‍यो’ चिनियाँ कम्पनीमाथि प्रतिबन्धको तयारीबारे इयुलाई बेइजिङको चेतावनी पाल्पाका एक वडाध्यक्षको पद गुम्यो रानीशैना गोठ आगलागी र लुटपाटको हल्ला निराधार, प्रहरीले भन्यो– घटना पुष्टि भएन प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई बुटवलका सुनचाँदी पसलमा चोरी : चोरी प्रयासमा संलग्न आठ जना पक्राउ आगामी आ.व.को बजेट अर्थतन्त्रको संरचनात्मक सुधारका लागि ‘एन्टीबायोटिक’: रास्वपा प्रतिनिधिसभामा आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्टीकरण चित्तबुझ्दो नभएको काँग्रेसको निष्कर्ष, तर बजेट छलफलमा सहभागी हुने ट्रेड युनियन खारेजविरुद्धको रिटमाथि जेठ २९ मा सुनुवाइ