नबिल बैंक शाखामा महिला उद्यमीका स्टल

Read Time = 1 min

काठमाडौं । महिला उद्यमीलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादन प्रवद्र्धनको उद्देश्यसहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारका लागि नबिल बैंक र महिला उद्यमी महासंघ (एफविन) बीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना तथा एफविनका अध्यक्ष निरु रायमाझी खत्रीले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार नबिल बैंकले आफ्ना शाखामा महिला उद्यमीका उत्पादनका लागि स्टल उपलब्ध गराउनेछ । एफविनअन्तर्गतका महिला उद्यमीलाई नबिल बैंकको नबिल सामाजिक उद्यमशीलता (एनएसएसई) कार्यक्रमसम्बन्धी जानकारी तथा तालिममा सहभागी गराउने सम्झौतामा उल्लेख छ ।

पहिलो चरणमा एफविनले हरेक महिना एकपटक नबिल बैंकको केन्द्रीय कार्यालयमा स्टल राख्नेछ भने स्टलमा नेपाली उद्यमीद्वारा उत्पादित उत्पादन रहनेछन् । त्यस्ता उत्पादनले नबिलका कर्मचारी र ग्राहकलाई नेपाली उत्पादनप्रति सकारात्मक बनाउने अपेक्षा गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?